थानकोट: चन्द्रागिरिमा प्रहरीले लाखाै रूपैयाँ बराबरको पटका नष्ट गरेको छ।
प्रहरी प्रभाग नागढुंगाले चेक गर्ने क्रममा तराईका विभिन्न जिल्लाहरूबाट ल्याउँदै गरेका पटका बरामद गरेर नष्ट गरेको हो।
माल्टा, गमला, रकेट, चक्र, बम बारूद, आतिसवाजी लगायत पटकाहरू प्रहरीले बरामद गरेकाे नागढुंगा प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गरिएकाे पटका स्थानीय जनप्रतिनिधि, प्रहरी, सञ्चारकर्मी, स्थानीय समाजसेवीकाे राेहबरमा स्थानीय जङ्गलमा खाडल खनेर नष्ट गरेको हो।