पोखरा: पोखरा महानगर पालिकाको कार्यपालिका बैठकले करारका २८ जना कर्मचारी हटाउने निर्णय गरेकोप्रति उपमेयरसहित एकीकृत माले जनप्रतिनिधिहरुले असहमति जनाएका छन्।
महानगरमा सेवारत १० जना इन्जिनियर र १८ जना सबइन्जिनियरलाई हटाउने निर्णय अक्टूबर ३१ बसेको कार्यपालिका बैठकले गरेको थियो। सो बैठक एकीकृत मालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका थिए।









