काठमांडू: नेपाल एक खेलअगावै हङकङमा जारी द हङकङ सिक्सेस प्रतियोगिताको दोस्रो चरण प्रवेश गरेको छ।
समूह बी अन्तर्गत दोस्रो खेलमा इङ्ग्ल्याण्ड अष्ट्रेलियासंग पराजित भएसंगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो। इङ्ग्ल्याण्ड अष्ट्रेलियासँग ३४ रनले पराजित भएको हो।
अष्ट्रेलियाले दिएको १४८ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले निर्धारित ६ ओभरमा ११३ रन मात्र बनाउन सक्यो।
यसअघि नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो।









