धनुषा: पाकिस्तानका क्रिकेटर मोहम्मद मोहसिनले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन्।
जनकपुरले तेस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर मोहसिनलाई टोलीमा अनुबन्ध गरेको शुक्रवार सामाजिक संजालमार्फत जनाएको छ।
जनपुरले पहिलो विदेशी विदेशी खेलाडीका रुपमा न्युजिल्याण्डका जिमी निशम र दोस्रो खेलाडीमा अमेरिकाका क्रिकेटर जोशुवा ट्रम्पलाई टोलीमा अनुबन्ध गरेको थियो।









