नागढुंगा बचत तथा ऋण सहकारीको पाँच करोड़ हिनामिना

IMG-20241101-WA0168

पर्वत: पर्वत फलेवास नगरपालिका-१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै रु पाँच करोड हिनामिना भएको छ। ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको रु. ४ करोड ८० लाख हिनामिना भएको हो।
रकम हिनामिना भएका बचतकर्ताको उजुरीपछि सहकारीका कोषाध्यक्ष दीर्घनारायण शर्मा पक्राउ परेका छन्। तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएकामा सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी डिएसपी रविन विष्टले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement