तम्घास: पाल्पामा ट्रकको ठक्कर बाट एक जना पैदलयात्रुको मृत्यु भएको छ।
माथागढी गाउँपालिका-२ फेदीका ५३ वर्षीय टेकबहादुर ढेगाको मृत्यु भएको पाल्पाका प्रवक्ता प्रहरी डिएसपी सुनिल मल्लले बताए।
फेदीबाट खहरे तर्फ जाँदै गरेको लु २ ख १४५ नम्बरको ट्रकले बिहीबार राति ९:२५ बजेतिर पैदल यात्रु ढेगालाई ठक्कर दिएको थियो।









