खोटाङ: खोटाङका दशजना युवाले तिहारमा माइती जाने महिलालाई निःशुल्क मोटरसाइकल सेवा सञ्चालन गरेका छन्। यातायात सेवा नपाएर समस्यामा परेका महिलालाई सम्बन्धित स्थानसम्म पुर्याइदिनका लागि युवा समूहले अभियान चलाएका हुन्।
अभियानका संयोजक सञ्जयकुमार राईले यातायात तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका महिलालाई गन्तव्यसम्म पुर्याउने योजनासहित अभियान सुरु गरिएको बताए।









