गान्तोक: आजादीका अमृत महोत्सव अन्तर्गत आज राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले अल इन्डिया मोटर बाइकर्स एक्सपिडिसनलाई झण्डा हल्लाएर प्रस्थान गराए। यस टोलीले ९० दिनसम्म देशको विभिन्न राज्यको भ्रमण गर्ने टोलीका सदस्य रोशन छेत्रीले पत्रकाहरूलाई जानकारी गराए। सो टोलीमा राज्यबाट तीन जनाले अंशग्रहण गरेका छन् भने देशभरिबाट कूल ७३ जनाले सहभागिता जनाउने उनले थप जानकारी गराएका छन्।

उनको भनाइ अनुसार आगामी ६ सेप्टेम्बरको दिन देशका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट झण्डा देखाएर ७३ जनाको टोलीलाई देश भ्रमणको निम्ति प्रस्थान गराउने भएका छन्। यस अभियानको थिम तुझ मे भारत मुझ मे भारत रहेको छ।










