दार्जीलिङ : गोर्खा जनमुक्ति युवा मोर्चाद्वारा जीटीए चुनावको विरोधमा गत १६ मईदेखि शुरू गरिएको साङ्केतिक भोक हडताल आजदेखि २४ घण्टे रिले अनसनमा परिणत भएको छ। पुरानै ढाँचाको जीटीएको चुनाउलाई नमान्ने युवा मोर्चाको अडानलाई अझ मजबूत पार्दै आजबाट सुरु भएको रिले अनशनमा दार्जिलिङको चुङथुङ मारेबुङ समष्टिका युवा मोर्चाका सदस्यहरूले भाग लिएका छन्।

उक्त २४ घण्टे रिले अनशनमा चुङथुङ मारेबुङ समष्टीको ५ जना युवा मोर्चा सदस्यहरू क्रमैले देवप्रकाश थापा, सुमन थापा, बरुण गुरुङ, रिकेश लिम्बु, निरपेन छेत्री आदिले सहभागिता जनाएका थिए।