खरसाङ: गूम्ती ग्राम सुधार समिति स्पोर्ट्स कमिटी, महानदीको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा बिहीवार तेस्रो क्वार्टर फाइनल खेलियो। गूम्ती टी स्टेट खेल मैदानमा भएको म्याचमा चुपा चुपले गोथल्सविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ९ र १० नोभेम्बरमा हुनेछ। यसरी फाइनल १७ नोभेम्बरमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५०००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३०००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।