आज कुनै पनि चाड नपरेको जानकारी

IMG-20241101-WA0098

काठमांडू: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज नवंबर १ शुक्रबारको दिन कुनै पनि चाडपर्व नभएको जनाएको छ। आज औंसीको दिन भए पनि तिहारको कुनै पर्व भने नपरेको समितिको भनाइ छ।
यो वर्ष तिथिको घटबढका कारण औंसीका बेला सूर्योदय भएकाले आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए।
विहीबार बिहान कुकुर पूजा र साँझ लक्ष्मीपूजा गरिएको छ। शुक्रबार यमपञ्चकको कुनै पर्व नभएको र औंसीसहित कार्तिक शुक्ल प्रतिपदाका दिन गरिने गाई पूजा शनिबार अर्थात् नवंबर २ मा परेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
तिथिका घटबढका कारण यस वर्ष पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष ६ दिनसम्म लम्बिएको छ। कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष अक्टूबर २९ मंगलबार सुरु भएको थियो।
यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइले विधिपूर्वक टीका लगाएपछि सकिन्छ। टीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा छ।

About Author

Advertisement