मोरङको केराबारीस्थित चिसाङ बगरमा सडेको शव

IMG-20240629-WA0057-copy-9

बिराटचौक: मोरङको केराबारी गाउँपालिका-५ स्थित चिसाङ खोलाको बगरमा सडेर दुर्गन्धित भएको अवस्थामा अवस्थामा बिहीबार दिउँसो पुरुषको शव भेटिएको छ।
चिसाङ खोलाको बगरमा दिउँसो २ बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।अन्दाजी ४५ वर्षजस्तो देखिने पुरुषको पहिचान खुल्न सकिरहेको छैन। स्थानीयले शव देखेर जानकारी गराउनसाथ पुगेको इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको छ।घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा टोली परिचालन गरिएको छ।
मृतकको पहिचानको प्रयास गर्दै घटनाको थप अनुसन्धान अघि बढाइएको डीएसपी जोशीले बतााए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement