झापामा आफैंले पालेको गोरुले हानेर कृष्णको मृत्यु

IMG-20241101-WA0093

दमक: झापामा आफैंले पालेको गोरुले हानेर एक जना पुरुषको मृत्यु भएको छ।
गौरादह नगरपालिका-७ जामबारीका ४८ वर्षीय कृष्ण शर्माको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए। शर्मालाई गोरुले हानेर घाइते बनाएको थियो।
बाँधेको ठाउँबाट फुकाएर अन्त सार्ने क्रममा शर्मालाई गोरुले हानेको स्थानीय सीताराम खड्काले बताए। उनका अनुसार गोरुको आक्रमणबाट घाइते भएका शर्मालाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। त्यसअघि लाइफलाइन अस्पतालमा लगिएको थियो।
गम्भीर अवस्थाका उनलाई उपचारका क्रममा नोबेलका चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ। शवको कानुनी प्रक्रिया पूरा गर्न मोरङ प्रहरीसंग समन्वय भइरहेको डीएसपी चन्दले बताए।
शर्मासंगै छिमेकी ४५ वर्षीय रविन राजबंशीलाई पनि गोरुले हानेको थियो। टाउकोमा सीटी स्क्यान गर्नुपर्ने भएकाले उनलाई विराटनगरकै नोबेल ल्याइएको प्रहरीले जनाएको छ। अवस्था तत्काललाई सामान्य छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement