दार्जीलिङ: राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित बिशाल सेंगदेन स्मृति दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको १५औं संस्करणमा एकाडमी नाइट्स (एके), गान्तोकले रोमाञ्चक जीत हासिल गरी फाइनलमा स्थान बनायो। फेञ्चेटार खेल मैदान (दार्जीलिङ)-मा बिहीवार भएको दोस्रो सेमिफाइनल म्याचमा एकाडमी नाइट्सले कञ्चनजंघा फूटबल क्लब (केएफसी)-विरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट साहिल लिम्बुले २ गोल गरे। उनले १४औं र ३६औं मिनटमा गोल गरे। यसबाहेक अन्य एउटा गोल आत्मघाती (कुणाल गुरुङ) रह्यो। यसरी केएफसी-बाट पुजन सुब्बा र सन्दीप लिम्बुले गोल गरे। एकाडमी नाइट्सका साहिल लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। अब ५ नोभेम्बरमा खेलिने *अल सिक्किम* फाइनलमा एकाडमी नाइट्स (गान्तोक) र फ्युचर स्टार स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबको पक्षमा बिनोद छेत्रीले बताएका छन्।










