ओलीको प्रश्न- कुन पार्टीका कार्यालय चन्दाबिना बनेको छ?

IMG-20241101-WA0089

काठमांडू: प्रधानमन्त्री केपी शर्मा ओलीले कुन पार्टीका कार्यालय चन्दा बिना बनेको छ भन्दै प्रश्न गरेका छन्।
बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित सिस्नुपानी नेपालको देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सिस्नुपानी नेपालको देउसी भैलो टिमले नेकपा (एकीकृत माले) पार्टी कार्यालयका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले पार्टी कार्यालयका लागि जग्गा दान गरेको विषयलाई देउसी भैलोमार्फत व्यंग्य गरेपछि उनले प्रतिक्रिया दिँदै यस्तो प्रश्न गरेका हुन्।
नेकपा (एकीकृत माले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘कुन पार्टीका कार्यालय चन्दा बिना बनेको छन् मलाई देखाइदिनु न? एकीकृत मालेको पार्टी कार्यालय बनाउन एक जना व्यक्तिले दान गर्न खोजे होला। तर, अरु कुन पार्टी छ त्यस्तो जो बिना चन्दा पार्टी कार्यालय बनाएको छ? कोही एक दुई जनाको चन्दाले बनेका होलान, कोही आठ १० जनाको चन्दाले बनेका होलान? त्यो पनि पहिलो दृष्टिमा नै गलत छ भनेर अदालतले भनिसकेपछि त सकियो नि? किन व्यग्य गरिरहनुपर्यो र?’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement