तिहारमा कस्तो पहिरन?

IMG-20241101-WA0087

चाडपर्वअनुसार फेसन शैलीमा पनि फेरबदल हुन्छ। हरेक चाडको आफ्नै विशेष पहिरन शैली छ।
चाड पर्ब-तिहारको मौसम छ। यस्तोमा साधारण पहिरन लगाउँदा राम्रो देखिन्छ।
चाड पर्ब -तिहारका लागि त्यस्तो कुनै पृथक् पहिरन भने हुँदैन। परम्परागत पर्व भएकाले यतिबेला सोहीअनुसारको पहिरन शैली सुहाउँदो र उपयुक्त देखिन्छ।
दीपावाली वा पूजाआजामा साडी लगाउँदा बढी सुहाउँछ। महिलाका लागिसाडी प्रिय पहिरन हो। अहिले साडी लगाउने विभिन्न शैली चलनचल्तीमा छन्।
पर्वमा कुर्ता–सुरुवाल पनि उपयुक्त र सुहाउँदो देखिन्छ। साडीको तुलनामा यो बढी छरितो हुन्छ। कुर्ता-सुरुवाल भने उज्यालो वा रंगीचंगी नै बढी खुल्छ ।कुर्ता–सुरुवाल पूजाआजा, दीपावली र भाइटीकामा लगाउन सकिन्छ। यो सबै अवसरका लागि उपयुक्त पहिरन हो।
अहिले विभिन्न जातजातिले आ–आफ्ना पहिरन लगाउने गरेका छन्। कसैले हाकु पटासी लगाउँछन् भने कसैले बख्खु लगाउँछन् त कसैले लुंगी-पछ्यौरा। चाडपर्व एवं उत्सवमा विभिन्न जातजातिले आ–आफ्नै मौलिक पहिरन लगाउँदा राम्रो देखिन्छ।
गुन्यू–चोली नेपालको मौलिक पहिरन शैली हो। विभिन्न उत्सव वा विशेष अवसरमा गुन्यू–चोली लगाउने चलन छ। तिहारमा पनि यो पहिरन उपयुक्त हुन्छ। खासगरी भाइटीकाका दिन गुन्यू-चोली लगाउँदा राम्रो देखिन्छ।
तिहारमा ढाकाको पहिरन पनि उपयुक्त हुनसक्छ।
अहिले वान पिस, लेहेंगा आदि पहिरन पनि लगाउने चलन छ। यस्तो पहिरन किशोरीहरूलाई बढी सुहाउँछ। सरारा, लामो कुर्ती र प्लाजो पनि लगाउन सकिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement