धुलाबारी: इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर नगरपालिका ६ भन्सारगेट पछाडि भारतबाट नेपाल तर्फ आउदै गरेको बीआर२२एफ५०५१ नम्बरको भारतीय कारलाई चेकजांच गर्ने क्रममा उक्त कारमा फल्स बटम बनाई डिकि लगायतका अन्य भागहरुमा अबैध रुपमा भन्सार छलि गरी लुकाई छिपाई ल्याउदै गरेको ब्ल्याक माउन्टेन ह्विस्की-२५४ बोतल, सुपर स्ट्रोङ बियर-२४ बोतल गरी अन्दाजी मुल्य रु १,९८,९००।- (एक लाख अन्ठानब्बे हजार नौ सय) तथा गाडीको विगो समेत गरी जम्मा ८,९८,९०० (नौ लाख अन्ठानब्बे हजार नौ सय) विगो बराबरको मदिरा र उल्लेखित नम्बरको कारलाई भारतीय चालक जितेन्द्र कुमार पासवान सहित नियन्त्रणमा लिई थप कानुनी कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाइएको छ।











