टोलकप नकाउट फुटबल प्रतियोगिता सम्पन्न

IMG-20241101-WA0083

उर्लाबारी: सिमसार फुटबल क्लब द्वारा आयोजित प्रतियोगिता को हिजोको फाइनल खेलमा चाँदनी युवा क्लब र सुनझोडा उर्लावारी २ बीच खेल भएको थियो। उक्त फाइनल खेलमा चाँदनी युवा क्लबले सुनझोडा उर्लावारी २ लाई १-० गोल ले हराउँदै विजेता बनेको थियो। उक्त खेलमा उत्कृष्ट गोल गर्दै चाँदनी युवा क्लबका खेलाडी अनिश धिमाल म्यान अफ म्याच घोषित भएका थिए।
यस्तै सो प्रतियोगितामा आयोजकले विभिन्न विधाहरुमा खेलाडीलाई सम्मान गरेको थियो।
सो अवसरमा प्रतियोगिताको वेष्ट डिफेण्डर: मनिष धिमाल, वेष्ट गोल किप्पर: तृषण कार्की, वेष्ट स्ट्राइकर: वेष्ट कोच र हाई स्कोररमा मनिष राई घोषित भए।

सिमसार फुटबल क्लव उर्लाबारी वडा नम्बर २ को आयोजनामा शनिबारदेखि सुरु भएको सो प्रतियोगिता अक्टूबर ३१सम्म संचालन हुनेछ। सो प्रतियोगितामा उर्लाबारी वडा नम्बर २ र ३ का ९ वटा टोलको सहभागिता रहको आयोजक क्लवका अध्यक्ष साजन श्रेष्ठले बताए।
प्रतियोगिता संचालनको लागि उर्लाबारी नगरपालिकाद्वारा सो प्रतियोगिताको प्रथम र दोस्रो ट्रफी,५ थान फुटबल र मेडल सहयोग प्राप्त भएको आयोजकले बताएको छ। यस्तै बेतिनी सामुदायिक वन उपभोक्ता समुह र स्थानिय खेलाडीद्वारा केहि रकम संकलन गरि सो प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ।
उक्त प्रतियोगितामा प्रथम हुने टिम लाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद रु सात हजार पाँच सय पच्पन्न रुपैयाँ प्राप्त गरेको छ।साथै दोस्रो हुने टिमले ट्रफी, मेडल, प्रमाणपत्र र नगद रुपैयाँ चार हजार पाँच सय पच्पन्न नगर सहित हात पारेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement