सिलगढी: सिलगढी नगरनिगमको वर्तमान बोर्ड विरुद्ध विविध अभियोग लगाउँदै आज दार्जिलिङ जिल्ला सीपीआईएम-ले नगरनिगम अभियान चलायो। आन्दोलनकारीहरूले आज नगरनिगम कार्यालयको मुख्य गेट भत्काएर भित्र प्रवेश गरे भने आन्दोलनकारीहरूको पुलिससित हातापाई समेत भएको बताइएको छ। पूर्व मेयर तथा वामफ्रन्टका शीर्ष नेता अशोक भट्टाचार्य तथा वामफ्रन्टका संयोजक जीवेश सरकारको नेतृत्वमा वामफ्रन्टले आज नगरनिगम अभियान चलायो। सिलगढीको एयरभ्यू मोडदेखि एउटा याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि नगरनिगम कार्यालय पुग्यो। तथापि, त्यहाँ ब्यारिकेट लगाएर पुलिसले यलीलाई रोकिदिँदा सीपीआईएम का कार्यकर्ता तथा समर्थकहरूको पुलिससित हातापाई भएको बताइएको छ। यस अवधि आन्दोलनकारीहरूले पुलिसको ब्यारिकेट तथा नगरनिगमको मुख्य गेट भत्काएर भित्र प्रवेश गरेपछि केही समयसम्म नगरनिगम अघि विक्षोभ प्रदर्शन गरे।