सिलगढी: डेन्टल कलेजका विद्यार्थीहरूले कुनै सूचना बिना नै होस्टेलको गेट बन्द गरेको भन्दै गेट अघि रातभरि धरना प्रदर्शन गरे। यो घटना गत राती उत्तरबंग डेन्टल कलेज तथा अस्पतालको होस्टेलमा भएको हो। बिहान पनि विद्यार्थीहरूले यस विषयलाई लिएर आन्दोलन गरे। डेन्टल कलेजको होस्टेलका विद्यार्थीहरूको आरोप अनुसार धेरैपल्ट आन्दोलन गरेपछि होस्टेलको गेट बन्द गर्ने समय १० बजीको बद्ली ११ बजी गरिदिएको थियो। यसपछि विद्यार्थीहरूलाई पूर्व सूचना नदिई अचनाक होस्टेलमा नयाँ नियम लागू गरेको छ। नयाँ नियम अनुसार गत राति साढ़े ९ बजी होस्टेलको गेट बन्द गरिदिएपछि धेरैजना विद्यार्थी गेट बाहिर बस्नु बाध्य भएको बताइएको छ। धेरैपल्ट बोलाउँदा पनि होस्टेलको गेट नखोलेपछि विद्यार्थीहरूले बाध्य भएर होस्टेल बाहिर धरना प्रदर्शन गरे। कलेज कर्तृपक्षको तर्फबाट कुनै जवाब नआएपछि आज बिहानदेखि विद्यार्थीहरूले पुनः आन्दोलन शुरू गरे। विद्यार्थीहरूको आन्दोलनले गर्दा आज पठन-पाठ बन्द भएको बताइएको छ।