मूल्य वृद्धि लगायत विविध मागमा जिल्ला महिला तृणमूलद्वारा रयालीको आयोजना

सिलगढी: हालमा आएर बजारमा ग्यास सिलेन्डर, नित्य प्रयोजनीय सर समानहरूको मूल्य वृद्धि लगायत विविध मागलाई लिएर दार्जिलिङ जिल्ला महिला तृणमूल कङ्ग्रेसद्वारा सिलगढीमा एउटा यालीको आयोजना गर्यो। दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस सभानेत्री पापिया घोष र जिल्ला महिला तृणमूल कङ्ग्रेस सभानेत्री ज्योति तिर्कीको नेतृत्वमा आज सिलगढीको बाघाजतीन पार्क अघिबाट विशाल न्याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। यस अवसरमा सभानेत्री पापिया घोषले भनिन्, लगातार नित्य प्रयोजनीय सर-समानहरूको मूल्य वृद्धिको प्रतिवादमा यसभन्दा अघि पनि मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा दार्जिलिङ जिल्ला महिला तृणमूलले आवाज उठाउँदै सडकमा ओर्लिएर विरोध गरेको थियो। केन्द्र सरकारविरुद्ध आफूहरूको आन्दोलन लगातार जारी रहने तिनले बताइन्।

About Author

Advertisement