निर्विरोध निर्वाचित सतिश चन्द्र राईलाई प्रमाण पत्र प्रदान

IMG-20241030-WA0322

गान्तोक: नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका उम्मेदवार सतिशचन्द्र राईलाई आज नाम्ची जिल्लाकी जिल्लापाल एवं रिटर्निङ अधिकारी अनुपा तामलिङले आधिकारिक रूपमा उपचुनाउको विजेता बनेकोमा प्रमाण पत्र प्रदान गरिन्। निर्वाचनको प्रमाणपत्र (फार्म २२) नाम्ची जिल्लाका लागि आएका जनरल अभजर्बर मोनिस कुमार, वरिष्ठ पुलिस अधिक्षक डा. टीएन ग्याछो लगायत अन्य अधिकारीहरूको उपस्थितिमा प्रदान गरिएको हो। जनरल अभजर्बरले सिक्किम विधानसभाको विधायक निर्वाचित बनेकोमा बधाई दिँदै उनको उज्जवल भविष्यको कामना पनि गरे। उनले उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष, हिंसात्मक घटनाविहीन भएकोमा जिल्ला निर्वाचन अधिकारीहरूको प्रशंसा गरे। त्यसैगरी जिल्लापाल एवम रिटर्निङ अधिकारी अनुपा ताम्लिङले निर्वाचन प्रक्रियालाई सुचारु रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबै राजनीतिक दलका प्रतिनिधि र निर्वाचन अधिकारीहरूलाई धन्यवाद दिएकी छन्। उल्लेखनीय छ, हिजो नामाङकन पत्र फिर्ता लिनेक्रममा एसडीएफ पार्टीका उम्मेदावर डानियल राईले नामाङकन पत्र फिर्ता लिएपछि सतिश चन्द्र राई निर्विरोध निर्वाचित बनेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement