गान्तोक: राज्य सरकारको मत्स्य पालन विभागका दस जना अधिकारीहरूले काकीनान्डाको स्टेट इन्सटीट्युट अफ् टेक्नोलजीको भ्रमण सफलतापूर्वक पुरा गरेका छन्। गत २३-देखि २८ अक्टोबरसम्म टोलीले शैक्षिक अनि ह्याण्ड प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएको थियो। उक्त टोलीको नेतृत्व मंगन जिल्लाका व्लक अधिकारी रोशन सुब्बाले गरेका थिए। यो भ्रमण राष्ट्रिय मत्स्य विकास बोर्डद्वारा प्रा्योजित गरिएको थियो र आधुनिक मत्स्य पालन प्रविधि र आविष्कारहरूमा गहिरो ज्ञान र व्यावहारिक अनुभवका साथ सहभागीहरूलाई सुसज्जित गराउन यसको मुख्य उद्देश्य थियो। सम्पूर्ण प्रशिक्षण कार्यक्रम माछापालन विभागका सहायक निर्देशक (मुख्यालय) नरेश सुनारले संयोजन गरेका थिए। पाँच दिने कार्यक्रममा सहभागीहरूले उन्नत माछा प्रजनन अभ्यासहरू, दिगो जलीय खेती प्रविधिहरू, र फसल पछि व्यवस्थापन रणनीतिहरू सहित मत्स्य पालन गतिविधिमा संलग्न बने। कार्यक्रममा एसआइएफटीका विशेषज्ञहरूले व्यावहारिक प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरे, जसले टोलीलाई सिक्किममा लागू गर्न सकिने अभिनव मत्स्य पालन व्यवस्थापन दृष्टिकोणहरूमाथि प्रकाश पारेको थियो।