गान्तोक: दिगो कृषि खेती विस्तारलाई प्रवर्द्धन गर्ने अभियानलाई केन्द्र गर्दै भारतीय कृषि अनुसन्धान परिषद र गान्तोक जिल्ला कृषि विज्ञान केन्द्रले पूर्वी सिक्किमका विभिन्न गाउँहरूमा तालिम कार्यक्रम सञ्चालन गरेको छ। यसअन्तर्गत याङथाङ, लुसिङमा “राजमा खेतीबारे प्रशिक्षण कार्यक्रम शुरु गऱ्यो। यस तालिम तथा अन्तरक्रियात्मक आयोजन गरेको थियो। जसमा २८६ कृषकहरूले भाग लिएका थिए। जसको उद्देश्य उनीहरूलाई जैविक खेतीका नवीनतम प्रविधिहरू जस्तै यस क्षेत्रको महत्त्वपूर्ण बाली राजमाको उत्पादन बढ़ाउनु थियो। केभीकेका प्रमुख प्रकाश शर्माको सक्रिय पर्यवेक्षणमा सञ्चालन गरिएको प्रशिक्षण र सत्रमा स्रोतवक्ताका रुपमा डा स्मृति रञ्जन प्रधान, डा. जनककुमार सिंह र डा. बोनिफेस लेप्चा थिए। कार्यक्रमको शुरुमा डा. स्मृति रञ्जन प्रधानले कृषिमा विशेष गरी कृषकहरूका लागि जैविक बालीको महत्त्वबारे बताइन्। उनले भर्मी कम्पोस्ट, हरियो मल र जैविक मल जस्ता जैविक मलको प्रयोगको महत्वमा जोड दिइन। डा. पधानले यी जैविक सामग्रीहरूले कसरी माटोको उर्वराशक्ति सुधार गर्ने गतिविधि बढाउन सक्छ र स्वस्थ बिरुवाको वृद्धिलाई बढावा दिन सक्छ सोबारे विचार साझा गरिन्। उनले बाली अभ्यास र फलफूलसँग अन्तरबाली गर्ने फाइदाहरूबारे पनि बताइन्। जसले प्राकृतिक रूपमा माटोको नाइट्रोजन सामग्री बढाउँछ। सत्रमा जैविक कम्पोष्ट मलको तयारी र प्रयोगको बारेमा प्रदर्शनी गरिएको थियो। कृषकहरूलाई स्थानीय रूपमा उपलब्ध जैविक सामग्रीहरू प्रयोग गरेर कम्पोस्ट बनाउने चरणबद्ध प्रक्रियाका साथै आवश्यक पोषक तत्वहरूले कम्पोस्टलाई समृद्ध बनाउन जैविक मलको प्रयोगबारे जानकारी दिए। जेके सिंहले कृषकहरूलाई पूर्व सिक्किमको स्थानीय कृषि जलवायु अवस्थाका लागि राजमाको सबैभन्दा उपयुक्त प्रजातिबारेमा जानकारी दिए। तालिममा खुल्ला अन्तरक्रिया पनि भयो। जहाँ धेरै सहभागीहरूले तालिमको व्यावहारिकताको प्रशंसा गरे।