गेजिङ: गेजिङ र सोरेङ जिल्लाको निम्ति पहिलो जिल्लास्तरीय शिक्षक सम्मेलन २०२४ आज स्थानीय जिल्ला पञ्चायत भवनमा सम्पन्न भयो। सम्मेलनको आयोजना शिक्षा विभाग अधिनस्थ डाइट (डिस्ट्रिक्ट इन्स्टीट्यूट अफ् एजुकेशन एण्ड ट्रेनिङ) ले गरेको थियो। यस अवसरमा शिक्षा विभागका सल्लाहकार मोहन प्रसाद सुब्बा मुख्य अतिथि रहेका थिए। यसरीनै शिक्षा विभागका शीर्ष अधिकारीहरू र दुवै जिल्लाका विभिन्न विद्यालयका प्रधान अध्यापकहरूको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि सल्लाहकार सुब्बाले शिक्षाले समाजलाई सही आकार र दिशा दिने बताउँदै यस विषयमा सबै सरोकारवालाहरू गम्भीर बन्नुपर्ने कुरामा जोर दिए।