अमेरिका र भारतको व्यापार साझेदारी २०३० सम्ममा पाँच सय अर्ब डलरमा पुग्नेछ: अमेरिकी कन्सुल जेनरल

pic1-1

कोलकाता: संयुक्त राज्य सरकारको उद्देश्य दशकको अन्त्यसम्म भारत र अमेरिकाबीचको व्यापारलाई हालको दुई सय अर्ब डलरबाट बढाएर पाँच सय अर्ब डलर पुर्‍याउने रहेको छ। यस महत्त्वाकांक्षाले दुवै देशमा लाखौँ रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ, भनेर आज कोलकातामा आयोजित एक अन्तरक्रियात्मक सत्रमा अमेरिकाको वाणिज्यदूतावास, कोलकाताकी कन्सुल जेनरल कैथी जाइल्स-डायजले बताइन्। उनले थप चर्चा गर्दै भारत संयुक्त राज्यमा तेस्रो सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानी (एफडीआई) गर्ने देश भएको उल्लेख गरिन्। यो बढ्दो लगानी साझेदारीले भारतीय कम्पनीहरूलाई अमेरिकी अर्थतन्त्रमा बढ्दो आत्मविश्वास भएको र विभिन्न क्षेत्रहरूमा सहकार्यका अवसरहरू विस्तार भइरहेका संकेत दिन्छ। यो प्रवृत्तिले द्धिपक्षीय सम्बन्धलाई अझ गहिराइमा लैजाने र नयाँ वृद्धि अनि नवप्रवर्तनका मार्गहरू प्रदान गर्नेछ।

सुश्री जाइल्स-डायजले २०२४ मा संयुक्त राज्यको लगानी शिखर सम्मेलन ‘सिलेक्ट यूएसए’ मा भारतबाट २३० भन्दा बढी लगानीकर्ताहरूको सहभागिता रहेको बताइन्, जसले यसलाई अमेरिकी शिखर सम्मेलनको इतिहासमा सबैभन्दा ठूलो प्रतिनिधिमण्डल बनाएको छ। संयुक्त राज्य अमेरिका र भारत दुवै देशका जनताको समृद्धि वृद्धिका लागि सँगै काम गरिरहेका छन्। उनले अझ भनिन्,  ‘संयुक्त राज्य अमेरिका र भारत व्यापार र लगानीको माध्यमबाट विश्वव्यापी सुरक्षा, स्थिरता, र समृद्धिलाई प्रवर्द्धन गर्न एकताबद्ध छन्, जसले आपसी सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुर्‍याउँछ। व्यापारले विगतका दशकहरूमा धेरै गुणा वृद्धि गरेको छ र आगामी वर्षहरूमा अझ वृद्धि हुने अपेक्षा गरिएको छ। प्रविधि र नवप्रवर्तन दुई राष्ट्रबीचको सम्बन्धलाई बलियो बनाउन केन्द्रमा छन्। युएस-भारत जलवायु र स्वच्छ ऊर्जा साझेदारी एक बलियो र बढ्दो सहकार्यमा छ।‘ उनले भनिन्, ‘पश्चिम बंगाल सरकारले सार्वजनिक यातायात प्रणालीलाई नयाँ विद्युत सवारीसाधन नीति मार्फत कार्बनमुक्त बनाउन प्रतिबद्धता देखाएको छ, जुन राज्यमा आवश्यक ईभी पूर्वाधार विकास गर्ने एक महत्वपूर्ण प्रयास हो।‘

अन्तरक्रियाका क्रममा सीआईआई राष्ट्रिय एक्सिम समितिका अध्यक्ष तथा पेटन इन्टरनेशनल लिमिटेडका प्रबन्ध निर्देशक सञ्जय बुधियाले भारतको जनसांख्यिक लाभांशले अमेरिकी उत्पादन र सेवाहरूका लागि विशाल बजार प्रस्तुत गर्ने बताएl अमेरिकी प्रविधिगत प्रगतिहरूले भारतको निर्माण क्षमतामा महत्त्वपूर्ण सहयोग पुर्‍याउन सक्छ भन्ने उनले आफ्नो भनाइ राखे। साथै सेमिकन्डक्टर उद्योग र रक्षा निर्माण जस्ता क्षेत्रमा सहकार्यले यी सम्बन्धहरूको रणनीतिक प्रकृति उजागर गर्दै दुवै राष्ट्रको क्षमतामा वृद्धि गर्ने र क्षेत्रीय चुनौतीहरूको सामना गर्न सहयोग पुर्‍याउने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement