असम: चिहानबाट मृतदेह निकाल्न खोजिरहेको अवस्थामा पाखण्डी पक्राउ

IMG-20241030-WA0043

कछार: कछार जिल्लाको उत्तर कृष्णापुरमा चिहानबाट लाश निकाल्न पुगेको एक पाखण्डीलाई स्थानीय मानिसहरूले समाएर पुलिसलाई जिम्मा लगाएको छ।
पुलिस सूत्रहरू अनुसार, मंगलवार राति कछार जिल्लाको उत्तर कृष्णापुरमा एक पाखण्डी कछारको शमशानबाट लाश लिन आएको थियो, जसलाई पक्राउ गरियो।
पक्रा परेको तान्त्रिकको पहिचान कछारको शिलडूबी निवासी अजीब उद्दीनको रूपमा गरिएको छ। एक स्थानीय व्यक्ति फखरूद्दीनको २९ दिन अगाड़ी मृत्यु भएको थियो। फखरूद्दीनको लाशलाई स्थानीय कब्रिस्तानमा दफनाइएको थियो। हिजो राति कब्रिस्तान भएर गइऱहेको समय मृत फखरूद्दीनको छोराले दुई व्यक्तिलाई उसका पिताको चिहान खनेर शव निकाल्न खोजिरहेको देख्यो। यो देखेर युवकले हल्ला गर्न थाल्यो जसपछि स्थानीय मानिसहरू त्यहाँ पुगे। यसबीच चिहान खन्ने दुई जनामध्ये एकलाई स्थानीय मानिसहरूले समाते, जबकि दोस्रो भाग्नमा सफल रह्यो। पक्रा परेको व्यक्तिसित जब स्थानीय मानिसहरूले सोधपुछ गरे तब उसले आफू तन्त्र मन्त्रको निम्ति चिहानबाट शव लिएको आएको बतायो। पक्रा परेको तान्त्रिकको पहिचान सद्दाम हुसैको रूपमा गरिएको छ। यस घटनालाई लिएर रूष्ट भीड़को एक समूहले कथित तान्त्रिकलाई जमेर कुट्यो र पछि उसलाई पुलिसलाई सुम्प्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement