मुम्बई: फिल्म अभिनेता सलमाऩ खानलाई एक पल्ट फेरि दुइ करोड़ रूपियाँको असूली नदिए ज्यानले मार्ने धम्की दिइएको घटना प्रकाशमा आएको छ।मुम्बई पुलिस कन्ट्रोल रूममा यो धम्कीपूर्ण मेसेज पाइएपछि पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।सलमान खानको सुरक्षा बढ़ाइएको छ। पुलिस अनुसार, मंगलवार मुम्बई पुलिस ट्राफिक कन्ट्रोल सेललाई यो धम्कीपूर्ण मेसेज प्राप्त भयो। जसमा दुइ करोड़को माग गरिएको छ। पैसा नदिए सलमानलाई ज्यानले मार्ने कुरा गरिएको छ। वर्ली पुलिस स्टेशनमा यसलाई लिएर अज्ञात व्यक्ति विरूद्ध धारा ३५४ (२), ३०८ (४) अन्तर्गत मामिला दर्ता गरिएको छ।