मदारीहाट विधानसभा उपचुनावका लागि भाजपाले जारी गर्यो चुनाव घोषणापत्र

IMG-20241030-WA0290

अलिपुरद्वार: भाजपाले आज मदारीहाट विधानसभा उपचुनावको लागि आफ्नो चुनावी घोषणापत्र जारी गर्‍यो। घोषणापत्रले यस क्षेत्रको सुशासन, तल्लो तहको सशक्तीकरण, पूर्वाधार विकास र दिगो विकासका लागि प्रतिबद्धता व्यक्त गरेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी र सामुदायिक कल्याणमा विशेष ध्यान दिन भनिएको छ। कार्यक्रममा भाजपाका सांसद राजु बिष्ट, अलिपुरद्वारका सांसद मनोज टिग्गा र अन्य वरिष्ठ नेताहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement