स्कुटीमा काली पूजा हेर्न आएकी गृहिणीको सडक दुर्घटनामा मृत्यु, श्रीमान घाइते

IMG-20241030-WA0264-copy

अलिपुरद्वार: काली पूजा हेर्न आएकी ४२ वर्षीया गृहिणी पिंकी मण्डलको सडक दुर्घटनामा मृत्यु भएको छ। यो दर्दनाक सडक दुर्घटना अलिपुरद्वार मोड पुलिस चौकी नजिकैको क्षेत्रमा बुधबार भएको थियो, स्थानीय स्रोतहरूका अनुसार कोचबिहार नम्बरको स्कूटीमा काली पूजा हेर्न श्रीमानसँग आएकी गृहिणीलाई जंक्शन पार गर्ने क्रममा अचानक बसले ठक्कर दियो। गृहिणी स्कुटरबाट लडेर सडकको दाहिने तर्फ र श्रीमान देब्रे तर्फ खसेका थिए। स्कुटी र उनका श्रीमानलाई भने कुनै क्षति भने भएन तर गृहिणी सडकको दाहिने छेउमा खसेपछि बसले गृहिणीको टाउकोलाई कुल्चिएको थियो, जसका कारण गृहिणीको घटनास्थलमै मृत्यु भएको थियो। यो घटनाले पुरै क्षेत्रमा हलचल मच्चाएको छ। श्रीमानको नाम विप्लव मण्डल (उमेर ५५ वर्ष) हो। उनीहरु विवेकानन्द पल्ली, एसएन रोड ईस्ट, कुचबिहारका बासिन्दा हुन्।

सूचना पाएपछि जंक्शन आउटपोस्ट पुलिस, अलिपुरद्वार पुलिस स्टेशन र अलिपुरद्वार ट्राफिक पुलिस घटनास्थलमा आए र गृहिणीको शवलाई अलिपुरद्वारको जिल्ला अस्पतालमा पठाए। पछि दमकल पुगेर बाटो सफा गर्यो। जंक्शन पुलिस चौकी ओसी सुब्रत सरकारले भने कि विवेकानन्द पल्ली एसएन रोड ईस्ट, कोचबिहारका निवासी पिंकी मण्डल र विप्लब मण्डल पूजा हेर्न अलिपुरद्वार आएका थिए। घटना अलीपुरद्वार जंक्शन पुलिस चौकीबाट अलि टाढा भएको बताइएको छ। पिंकी मण्डलको घटनास्थलमै मृत्यु भएको हो। शवलाई अलिपुरद्वार जिल्ला अस्पतालको शवगृहमा पठाएको छ। पुलिसले बसको खोजी गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement