खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको विभिन्न स्थानहरूबाट मैला कुँचेलाहरू संकलन गर्ने कार्य सम्पन्न गरिएको छ। विभिन्न स्थानहरूबाट संकलन गरिएको फोहोर मैलाहरू गाडीधुरा लगेर रिसाईकल गरिने जानकारी प्राप्त भएको छ। फोहोर मैलाहरू संकलन गरेर गाडीधुरामा फोहोर मैला प्रबन्धन अन्तर्गत निर्माण गरिएको रिसाईकलमा लगेर रिसाईकल गरिने भएको छ। घैयाबारी ग्राम पञ्चायत तीनको विभिन्न स्थानहरूबाट अब सप्ताहिक रूपमा एकपल्ट फोहोर मैलाहरू संकलन गरेर गाडीधुरामा लगेर रिसाईकल गरिने भएको जानकारी प्राप्त भएको छ। उक्त कार्यको लागि घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा र उप प्रधान केवल राई, पञ्चायत सदस्यहरू र भीबीडीको सुपर भाइजर धिरेन प्रधान लगायत भीबीडीसीहरू उपस्थित रहेका थिए।

यस विषयमा पञ्चायत प्रधान सुष्मा वाईबा र उप प्रधान केवल राईले सबै ग्रामनवासीहरूलाई जागरुक भएर फोहोर मैलाहरू ग्राम पञ्चायतद्वारा राखिएको क्यारेजमा हालिदिने अनुरोध गरेका छन्। दुवैले बताए अनुसार सबैलाई सचेत गराउँदै विभिन्न गाउँ घरतिर फोहोर मैलाहरू डस्टबिनमा हालिदिने र डस्टबीनबाट क्यारेजमा हालिने अनि सप्ताहमा एकपल्ट गाड़ी आएर रिसाईकलको लागि गाड़ीधुरा लगिने जानकारी गराएका छन्।

यसको साथै गाउँ घरमा फोहोर मैलाहरू संकलन गरेर डस्टबिनमा राख्ने कार्य गरिए फोहोर मैलाहरू रिसाईकल हुने अनि गाउँ घर पनि सफा र स्वच्छ रहने बताएका छन्।