उत्तर दिनाजपुर: जिल्लाको रायगञ्जमा छोरीको हत्या गरेको आरोपमा पुलिसले बाबुलाई पक्राउ गरेको छ। रायगञ्ज पुलिस जिल्लाका अतिरिक्त पुलिस उपरीक्षक कुन्तल ब्यानर्जीले अभियुक्तले हत्या गरेको स्वीकार गरेको बताए। उनले आफ्नै छोरीलाई फाँसी लगाएर हत्या गरेको आरोप छ। अभियुक्तलाई बुधबार रायगञ्ज अदालतमा प्रमाणसहित पेश गरिनेछ।