दार्जिलिङ: लगभग डेढ़ वर्ष जति राजनैतिक रूपमा निष्क्रिय रहेकी छिरिङ दाहालले आज दार्जिलिङ प्रेस गिल्डमा पत्रकार सम्मेलन बोलाएर अविनी -ईण्डियन गोर्खा सोसाईटी नामक अराजनैतिक संगठन गठन गरेको घोषणा गरिन्। दार्जिलिङ प्रेस गिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै छिरिङ दाहालले आफु विगत डेढ़ वर्षदेखि राजनैतिक क्वारेनटाइनमा बसेको जनाउँदै आज पुन: ईश्वरलाई सम्झेर माटो र जातिलाई माया गर्नेहरू मिलेर शिष्ट समूह मिलेर नयाँ समूह बनाएको र यो एक अराजनैतिक समूह रहेको बताएकी छन्। छिरिङ दाहालले यो नयाँ संगठनग नाम अविनी रहेको र यो ईण्डियन गोर्खा सोसाइटी रहेको साथै यसको कुनै दल बल र झण्डा नरहेको बताइन्। उनले हाम्रो समूह सानो छ तर वैचारिक क्रान्ति बोकेर हिँड्ने समूह लिएर अघि बताउँदै अविनीको शाब्दिक अर्थ नै माटो हो र अविनी समूहले यो भूमिलाई न्याय दिलाउन कार्य गर्ने र यो भूमिलाई उध्दार गर्ने साथै भूमिको सन्तानले आजसम्म बोक्न परेको यादना अनि विदेशीको लाञ्छानालाई जरैबाट उँखेलेर फ्याँक्ने कार्य गर्ने बताएकी छन्। यसको साथै छिरिङ दाहालले गत केही दिन अघि सासंद राजु विष्टसित भेट गरेको प्रसंगमा आफ्नो स्पष्टीकरण दिन्दै सासदसित अचानक भेट भएको र उक्त भेट विषयमा सबैले विभिन्न कमेन्टहरू गरेको र सबै सकारात्मक र नकारात्मक कमेन्ट गर्ने सबैप्रति कृतज्ञता प्रकट गर्दै आफुले सासंदसित भेट गरेको विषयमा विभिन्न मिम्सहरू बनिएको साथै सीबीआई र ईडीको डरले भाजपामा सामेल हुने भन्ने कुरालाई नकार्दै सीबीआई अनि ईडी बागडोगरामा आए प्रथम सुकना पठाई दिनु म स्वागत गर्नेछु भनी बताइन्। उनले अघि भनिन् – ‘म पनि ३६ वर्षसम्म शिक्षिका पेशामा छु। शिक्षा क्षेत्रमा मात्र होइन तर सबै क्षेत्रमा पारदर्शिता हुनुपर्छ। सीबीआई र ईडीको विषय कोर्टमा चलिरहेको विषय भएकोले यो विषयमा बेसी बोल्न चाहाँदिन। मैले सासंदलाई अचानक भेटेको र केवल १५ मिनट मात्र बातचीत भएको र यसावधि पनि सासंद राजु विष्ट आफ्नो समयावधि नै पहाड़को लागि स्थायी राजनैतिक समाधान भएको होस् भनी कमिटेट रैछ भन्ने बुझे। मैले पनि सासंदलाई भेटेर स्थायी राजनैतिक समाधान के हो भनी लिखित रुपमा दिएको र रिसिफ पनि गराएको थिए।’
उल्लेखनीय छ छिरिङ दाहाल गोजमुमो २ हुँदा पहाड़को स्कूल बोर्डको चेयरम्यान थिइन्। उनले २०२१ को विधान सभा चुनावमा अनित थापाको सहयोगमा खरसाङ विधान सभा समष्टीबाट चुनावमा प्रतिद्वान्दिता गरेकी थिइन्। तर चुनावमा चुनावपछि भने उनी सक्रिय राजनीतिबाट चुपचाप थिइन्। केही दिन अघि सासंद राजु विष्टसित तिनको भेटघाटको फोटो सामाजिक सञ्जालमा भाईरल भएपछि राजनैतिक अड़कल बाजी शुरु भएको थियो।