बिल नपाएकोले एसएचजी महिला सदस्यहरू धरनामा

b9330d6d-f0b8-4c77-9ef8-cdf73f7353a9

कालचिनी – मधु चियाबारीको प्रायः ६ वटा एसएचजी महिला सदस्यहरूले वृद्धाजनलाई कमान बन्द अवस्थामा रहँदा भोजन खुवाएको बिल आजसम्म नपाएको र पसलेबाट लिएको राशिनको बिल भुगतान गर्ने दवाब आइरहेकोले आज बाध्य भएर बीडीओ कार्यालय अघि धरना बस्न परेको एसएचजी महिला सदस्यहरूले जनाएका छिन्। विगत २०१४ सालदेखि बन्द रहेको मधु चियाबारी प्रायः ७ बर्ष पश्चात गत केही दिन अघि मात्र खोलिएपछि अहिले कमानमा काम चालू भएको छ।

तर बन्द अवस्थामा रहँदा सरकारी सहाय प्रकल्प अन्तर्गत असहाय वृद्धालाई भोजन खुवाईएको राशिनको बिल लगभग १० लाख अनुमानिक रुपियाँ (विगत २०२१ को जनवरीदेखि अक्टोबरसम्मको बिल) आजसम्म नपाएको र यस सम्बन्धमा बारम्बार सम्बन्धित विभागमा निवेदन गर्दै आइरहे तापनि कुनै समाधान ननिस्केपछि आज यसमा संलग्न रहेको ६ वटा एसएचजी सदस्यहरू धरनामा बस्न बाध्य भएको एसएचजी महिला सदस्य सुखी उराउँले जनाएकी छन्। प्रायः ३ घन्टा जति धरनामा बसेका एसएचजी महिला सदस्यहरूलाई कालचिनी ब्लक प्रशासनले शीघ्र समाधान गर्ने आश्वासन दिएपछि धरना फिर्ता लिएको बताईए तापनि यस सम्बन्धमा कालचिनी बीडीओसित फोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement