काठमांडू: नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
आज सुन प्रतितोला नेपाली रुपैया १ लाख ७० हजार ७ सय रूपैयाँ पुगेको छ।
यसअघि मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।
उक्त दिन सुन प्रतितोला १ लाख ६८ हजार ५ सय नेपाली रूपैयाँमा कारोबार भएको थियो।