मिरिक: मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री मैतीले शुक्रबार मिरिक खण्ड विकास कार्यालयमा एउटा सर्वदलीय सभाकाे आयाेजना गरिन्। सभामा मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री मैती, खण्ड सयुक्त अधिकारी अङ्कुर मित्र लगायत तृणमूल कंग्रेस, भाजपा, भागाेप्रमाे, गाेरामुमाे, क्रामकपा, हाम्राे पार्टी आदिका प्रतिनिधिहरू उपस्थित थिए। सभामा भारतकाे निर्वाचन आयाेगले जारी गरेकाे नयाँ मतदाता सूचीबारे मिरिक खण्ड विकास अधिकारीले राजनैतिक दलका प्रतिनिधिहरूलाई विस्तृतरूपमा जानकारी गराए।

सभापछि पत्रकारहरूसित बाेल्दै भागाेप्रमाे मिरिक महकुमा अध्यक्ष समीर राई, हाम्राे पार्टी प्रतिनिधि लाडुप घिसिङ, तृणमूल कंग्रेस मिरिक महकुमा युवा अध्यक्ष साेबन घिसिङ अनि गाेरामुमाे मिरिक ब्रान्च कमिटिका अध्यक्ष महेन्द्र खड्काले सर्वदलीय सभामा मतदाता सूचि तयार पार्ने सबै तरिकाहरूबारे मिरिक खण्ड विकास अधिकारीले जानकारी गराएकाे अनि नयाँ मतदाताहरूकाे नाम दर्ता, अनलाइन फारम, मृत ब्याक्तिहरूकाे मतदाता सूचीबाट नाम हटाँउने प्रक्रिया, संशाेधन आदि विषयमा विस्तृत जानकारी गराएकाे बताए।










