बिराटनगर: नेकपा एकीकृत मालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताएका छन्।
विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा बृहत छलफल गरिने उल्लेख गरे।
सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाएको उनले बताए।
देश अप्ठ्यारो अवस्था तथा चरम शङ्कटमा पुग्दा वर्तमान सत्ता गठबन्धन बनेको उनको भनाइ थियो।