दमकमा पटका पड्काउँदा बालक घाइते

IMG-20241030-WA0196

दमक: झापाकाे दमकमा पटका पड्काउने क्रममा एकजना बालक घाइते भएका छन्। दमक-६ का बालक बिद्यम अग्रवाल पटका पड्काउने क्रममा घाइते भएका हुन्।
हिजाे साँझ अन्दाजी छ बजे पटका पड्काउँदा घाइते भएका ६ बर्षका अग्रवालकाे अनुहारमा पटकाकाे छर्रा लागेर घाइते भएका थिए। उनलाई स्थानीय लाइफ लाइन अस्पतालमा प्राथमिक उपचार गरिएकाे थियाे।
उनलाई थप उपचारका लागि भारतकाे सिलिगुडी लगिएकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिएका छन्। घटनाकाे बारेमा थप अनुसंधान गरिरहेकाे प्रहरीले जनाएकाे छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement