बोपन्ना र एब्डेनको जोड़ी एटीपी फाइनल्समा

IMG-20241030-WA0183

नयाँ दिल्ली: भारतका स्टार खेलाड़ी रोहन बोपन्ना र अष्ट्रेलियाका उनका जोड़ीदार म्याथ्यू एब्डेनलाई सीजनको अन्तिम टुर्नामेण्ट एटीपी टेनिस फाइनल्समा स्थान प्राप्त भएको छ। नथानील लेमोन्स र जेक्सन विथ्रोको जोड़ी पेरिस मास्टर्सबाट बाहिर हुनको साथै बोपन्ना र एब्डेनको जोड़ीले टुर्नामेण्टमा स्थान बनायो। तूरीनमा हुने टुर्नामेण्टमा बोपन्ना र एब्डेनको साथमा वेस्ली कूलहोफ र निकोला मेकटिच, केविन क्राविट्ज र टिम पुएत्ज, हेरी हेलियोवारा र हेनरी पेटेन, मार्सेलो अरेवालो र मेट पाविच, मार्सेल ग्रेनोलर्स र होरासियो जेबालोस, साइमन बोलेली र आन्द्रिया वावासोरी तथा म्याक्स पुर्सेल र जोर्डन थम्पसनको पुरुष युगल जोड़ीले हिस्सा लिनेछ। एटीपी फाइनल्सको आयोजन इनाल्पी एरेनामा १०-देखि १७ नोभेम्बरसम्म हुनेछ, जसमा विश्वका शीर्ष आठवटा जोड़ीले हिस्सा लिनेछ। बोपन्ना र एब्डेनको जोड़ीले सीजनमा असल शुरुवात गर्दै अष्ट्रेलियन ओपनको खिताब जितेको थियो। भारतीय खेलाड़ी यस अवधि ४३ साल र ३३१ दिनको उमेरमा विश्वका सबैभन्दा अधिक उमेरको नम्बर एक खेलाड़ी बनेका थिए। बोपन्ना र एब्डेनको जोड़ीले पछिबाट मियामी ओपनको खिताब पनि जितेको थियो। यस जोड़ीले एडिलेडमा फाइनल अनि फ्रेञ्च ओपनमा सेमिफाइनलमा पनि स्थान बनाएको थियो। बोपन्ना र एब्डेनले लगातार दोस्रो साल एटीपी फाइनल्सको निम्ति क्वालीफाई गरेका छन्। यी दुईजना २०२३-मा सेमिफाइनलसम्म पुगेका थिए, जहाँ उनीहरूले ग्रेनोलर्स र जेबालोसको जोड़ीविरुद्ध हारको सामना गर्नु परेको थियो। बोपन्नाको नजर आफ्नो पहिलो एटीपी फाइनल्स खिताबमाथि रहेको छ। यसअघि उनले २०१२-मा महेश भूपति र २०१५-मा फ्लोरिन मर्जियासँग जोड़ी बनाएरे फाइनलमा स्थान बनाएका थिए। उनले सबैभन्दा पहिला २०११-मा एसा उल हक कुरैशीसँग मिलेर यस टुर्नामेण्टमा स्थान बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement