फूल खेतीमा लागि परेका गेल चियाबारी निवासी बिनोद बस्नेत

IMG-20241030-WA0185

फूल खेतीमा खट्नु सके र मार्केटिङ राम्रो पाएको खण्डमा आय आर्जन राम्रै हुन्छ: बिनोद बस्नेत

खरसाङ: फूल खेतीबाट राम्रो आय आर्जन गर्न सकिन्छ भन्ने उदाहरण हुन् रंगली रंगलीयट खण्ड अन्तर्गत गेल चियाबारीको खड्काधुरा निवासी बिनोद बस्नेत। उनी विगत ५ वरिषदेखि लगातार रूपमा फूल खेतीमा सक्रिय रूपमा लागि परेका छन्। उनले २०१९ मा आफ्नै घरमा फूल खेती शुरु गरेका थिए। उनी पेशाले चियाबारीमा मिस्त्री हुन्। तर आफ्नो कामबाट फुर्सदको समयमा आफ्नो मेहनत र परिश्रमको साथमा फूल खेतीमा लागि परेका छन्। उनले आफ्नो घरमा फूल खेतीको लागि नर्सरी बनाएका छन् भने एउटा सेड अर्थात् पोलि हाउस बनाएर फूल खेती गरिहेका छन्। बिनोद बस्नेतले आफ्नो नर्सरीमा अर्किड, क्यामेलिया, क्याक्टस, जेबरा, सेकुलेन, स्टार सेकुलेन, जाइको लगायत यी फूलहरूको विभिन्न प्रजातिहरू पोर्ट पोर्टमा राखेका छन्। यसबाहेक पनि धुप्पीको विभिन्न प्रजातिहरू पनि राखेका छन्। उनले फूल खेतीबाट राम्रै आय आर्जन गररिहेको र फूल खेतीमा सबैभन्दा बेसी मेहनत लाग्ने अनि साथमा धैर्य चाहिने बताएका छन्। बिनोद बस्नेतले क्याक्टसको आठवटा प्रजातिका फूलहरू, जेबराको पनि आठवटा प्रजाति, सेकुलेनको पचास साट्ठीवटा प्रजाति र क्यामेलियाको ३ प्रजातिको फूलहरूका खेती गररिहेको पनि बताएका छन्। उनी अनुसार अहिले आफु फूलहरूमा क्यामेलियाको खेती बेसी गरिरहेको र यसको मांग बेसी रहेको बताउँछन्। क्यामेलियाको पोर्ट र साइज अनुसार एउटाको २० रूपियाँदेखि १०० रूपिसाँसम्मको बिक्री हुने गरेको बताएका छन् त्यसरी नै क्यामेलिया रातो, सातो र पिंक रंगको बेसी रहेको बताएका छन्।

बिनोद बस्नेतले बताए अनुसार मानिसहरू घरमै आएर फूल किनेर लाने गरेको तर बजारमा गएर फूल बिक्री अहिलेसम्म नगरेको कारणले फूलहरूको मार्केटिङ राम्रोसितले हुन सके राम्रो बिक्री हुने कुरामा आशावादी रहेका छन्। बिनोद बस्नेत अहिले फूल खेतीको पनि विशेष गरेर क्यामेलिया र धुप्पीपट्टि लागेका छन्। किनभने यसको बेसी मांग रहेको उनी बताउँछन्। फूल खेती पनि सिजनमा आय राम्रै हुने तर यसको लागि खट्नु बेसी पर्ने र कड़ा मेहनत गर्न सके फूल खेतीबाट राम्रै आय आर्जन गर्न सकिने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement