हाँस्य कलाकार एंव मिडियाकर्मी अशोक शर्मा पत्नी शोकमा

IMG-20241030-WA0153

खरसाङ: खरसाङ क्षेत्रका मिडियाकर्मी एंव हाँस्य कलाकार अशोक शर्मा पत्नी शोकमा परेका छन्। उनको ४४ वर्षीय पत्नी प्रितिका शर्माको आज बिहान ५ बजेतिर खरसाङ महकुमा अस्पतालमा निधन भएको छ। अशोक शर्मा खरसाङको त्रिवेणी टिभी नेटवर्कसित संलग्न रहेर कार्य छन् भने उनी आकाशवाणी खरसाङमा पनि कार्यरत् छन्। उनकी पत्नी प्रितिका शर्मालाई बिहानै खरसाङको वार्ड नम्बर ७ अन्तर्गत सुबेदार बस्तीबाट खरसाङ महकुमा अस्पतालमा लगेपछि डाक्टरले मृत घोषित गरेको जानकारी प्राप्त भएको छ। उनको निधन ह्रदयघातको कारणले भएको बताइएको छ। उनको पार्थिव शरीरलाई भोलि ३१ अक्टोबर बिहीबारको दिन दिउँसो १ बजे अन्तिम संस्कार गरिने जानकारी परिवार सूत्रबाट प्राप्त भएको छ। प्रीतिका शर्माले आफुपछि पति अशोक शर्मा, १४ वर्षीय छोरी आस्तिका शर्मा र सासु छोडी गएका छन्। हाँस्य कलाकार एंव मिडियाकर्मी अशोक शर्माकी पत्नीको निधनमा खरसाङ क्षेत्रका पत्रकारहरू, प्रेस क्लब अफ् खरसाङको पत्रकारहरू साथै विभिन्न समाचार च्यानलका प्रतिनिधिहरू र आकाशवाणी खरसाङको पदाधिकारीहरू र सहकर्मीहरूले श्रध्दाञ्जली अर्पण गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement