खरसाङ: खरसाङ बजारमा यसपाली मधेशको सयपत्रीको बजार देखिएको छ। मधेशको सयपत्रीको भरमा तिहार टार्न पर्ने अवस्था देखिएको छ। गत वर्ष खरसाङ बजारमा वरिपरि क्षेत्रबाट स्थानीयहरूले रोपेर फूलाएको सयपत्रीहरू किनबेच गरिएको देखिएको छ भने यसपाली खरसाङ बजारमा बुधबारसम्ममा मधेशबाट ल्याइएको सयपत्रीको बजार देखिएको छ। खरसाङ बजारको विभिन्न दोकानहरू र गल्लीहरूमा मधेशबाट ल्याइएको सयपत्रीको बजार देखिएको छ। सिलगढीबाट ल्याइएको सयपत्रीको एउटा मालाको मूल्य खरसाङ बजारमा ४० रुपियाँ रहेको छ। एउटाभन्दा बेसी किन्नेलाई ४० रुपियाँभन्दा कम मूल्यमा दिइने गरेको सयपत्री फूलको माला बिक्रेताहरूले बताएका छन्।

सिलगढीबाट ल्याइएको सयपत्रीको भरमा यसपालीको तिहार टार्न पर्ने अवस्था खरसाङमा देखिएको छ। गत वर्ष खरसाङ बजारमा स्थानीय क्षेत्रमा उत्पादन गरिएको सयपत्रीको माला साथै सयपत्री फूल बिक्री गरिएको देखिएको थियो भने यसपाली देखिएन।