सुनसरी र मोरङबाट लागूऔषधसहित दुईजना पक्राउ

IMG-20241030-WA0062

बिराटनगर: सुनसरी र मोरङबाट लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरी चौकी पचरुखीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका १४ का ३४ वर्षीय जोतिष चौधरीलाई १ ग्राम ५ सय ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।
यसैगरी इलाका प्रहरी कार्यालय विराटचौकबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैँचा नगरपालिका १० का २२ वर्षीय विशाल सार्कीलाई उनकै घर कोठाबाट प्रतिबन्धित औषधी ट्रमाडोल, स्पास्मो ११६ ट्याब्लेट र गाँजा १५ ग्रामसहित पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement