नव एआईजीलाई दज्र्यानी चिन्ह प्रदान

IMG-20241030-WA0046

काठमांडू: नेपाल प्रहरीका प्रहरी डिआईजीबाट प्रहरी एआईजीमा बढ़वा भएका किरण राणा र प्राविधिकतर्फका प्रहरी एआईजी डा. सुन्दरप्रसाद ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
मन्त्रिपरिषद्को हिजो बसेको बैठकबाट दुवै जनालाई प्रहरी एआईजी पदमा पदोन्नति गरिएको थियो। प्रहरी आईजीपी वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आज राति आयोजित एक समारोहमा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी डिआईजी दानबहादुर कार्कीले जानकारी दिए।
र्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी आईजीपी कुँवरले प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। समारोहमा प्रहरी एआईजीहरू, प्रहरी डिआईजीहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृत तथा जवानलगायतको उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement