काकरभिट्टा: झापा जिल्लाको मेचीनगर नगरपालिका-११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई कतारमा पक्राउ गरेर मंंगलबार नेपाल ल्याइएको बताए।
अभियुक्त राई २०२१ नवंबर १८मा पत्नी शर्मिला तामाङ राईको हत्या गरेर फरार भएका थिए। इन्टरपोलले अभियुक्त राईको पक्राउका लागि २०२४ जुन १४मा रेड कर्नर नोटिस जारी गरेको थियो।