काठमांडू: महिला साफ च्याम्पियनसिपको लागि टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा. लिले अखिल नेपाल फुटवल संघ (एन्फा) विरूद्ध कानुनी लडाई लड्ने भएको छ।
एन्फाले पत्रकार सम्मेलन आयोजना गरेर माउण्ट एभरेष्टसँगको सम्झौता रद्द गरेपछि त्यसका विरुद्धमा कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ। सम्झौता रद्द भएसँगै एन्फा आफैले भौतिक रूपमा नै टिकट बेच्ने निर्णय गरेको छ।
एन्फाले नेपाल र भारतबीचको आइतवार भएको सेमिफाइनल खेलमा माउण्ट एभरेष्टले सम्झौता गरेभन्दा बढी टिकट बिक्रि गरेको आरोप लगाएको छ। एन्फाले दर्शकको सुरक्षा सबैभन्दा महत्वपूर्ण रहेको भन्दै सम्झौता रद्द गर्ने निर्णयमा पुगेको बताएको छ।