नेपाललाई इतिहास रच्ने अवसर

IMG-20241030-WA0095

काठमांडू: साफ महिला च्याम्पियनसिपको फाइनलमा आज घरेलु टोली नेपालले पुनः एकपटक बंगलादेशसंग खेल्दैछ। खेल साँझ साढे ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ।
इतिहासमा नै बंगलादेशसँग नेपाल एक पटक मात्र पराजित भएको छ। त्यो पनि सन् २०२२ को साफ च्याम्पियनसिपको फाइनलमा हो। यो गत संस्करणको फाइनलको रिप्ले पनि हो।नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा चार-दुई गोलले पराजित गर्दै छैटौं पटक साफको फाइनल खेल्न लागेकाे हो। यसअघि पाँच पटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै च्याम्पियन बन्ने लक्ष्यमा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement