एसकेएमका निर्विरोध उम्मेदवारहरू प्रति पार्टीले व्यक्त गरे बधाई एवं शुभकामना

n6371147631730228190975c5e0858534696defbaa0cffe24fb3ec1b6cf0f82f8e23dd68f41c3e00acc770f

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले सोरेङ-च्याखुङ समष्टिबाट उम्मेदवार आदित्य गोले तामाङ र नाम्ची सिङ्गीथाङ समष्टिबाट उम्मेदवार सतीशचन्द्र राई निर्विरोध भएकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेको छ।
एसकेएम उम्मेदवारहरूको यो जीतले मुख्यमन्त्री एवं पार्टी अध्यक्ष प्रेमसिंह तामाङको नतृत्वमा जनताप्रतिको बलियो समर्थन तथा विश्वासलाई दर्शाउँछ भनी एसकेएमले आज जारी एक प्रेस विज्ञप्तिमा बताएको छ।
एसकेएम प्रचार प्रसार महासचिव अभिषेक शर्माले आज जारी प्रेस विज्ञप्तिमा सोरेङ-च्याखुङ र नाम्ची सिङ्गीथाङका जनताको प्रेम अनि समर्थनका लागि हार्दिक आभार व्यक्त गरिएको छ। एसकेएम पार्टीले दुवै निर्वाचन क्षेत्रमा निरन्तर प्रगति तथा समृद्धिका लागि कार्य गर्न प्रतिबद्ध रहेको पनि बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement