५ नोभेम्बरदेखि गान्तोकमा अड-इभन नियम लागू गरिने

bd74503166fe0982f6ebdf2333e1e76e

गान्तोक: राज्य सरकारले गान्तोक परिसरमा हुने ट्राफिक जामको समस्या समाधान गर्ने उद्देश्यका साथ आगामी ५ नोभेम्बरदेखि अड-इभन नियम शुरू गर्ने निर्णय लिएको छ। उक्त नियम अन्तर्गत चालकवर्ग, सरकारी कर्मचारी र आम मानिसहरू कुनै दुविधामा नपरोस् भन्ने ध्येय राखेर गान्तोक जिल्लाका पुलिस अधीक्षक तेञ्जिङ लोडेन लेप्चाले कतिपय कुराहरू स्पष्ट पारेका छन्।
उनले जानकारी गराए अनुसार, आगामी ५ नोभेम्बरदेखि लागू गरिने अड इभन नियम दिनमा केवल साढे पाँच घण्टाको निम्ति रहनेछ, जसमा बिहान ९ देखी १२ बजीसम्म अड-इभन नियम लाग्नेछ भने १२ देखी ३:३० बजीसम्म यो नियम लागू हुने छैन। यसरी नै अपरान्ह्रको ३३० बजीदेखि साँझ ६ बजीसम्म यो नियम लागू हुनेछ।
गान्तोक नगर निगम क्षेत्र अन्तर्गत पर्ने सबै विद्यालयहरू अपरान्ह्रको २:३० बजी छुट्टी हुने भएकाले यो अड इभन नियम लागू हुने छैन। विशेष गरेर गान्तोकको जिरो पोइन्टदेखि मे फेयर होटलको फाटकसम्म मात्र यो नियम लागू हुनेछ। यस नियम अन्तर्गत पुलिस प्रशासन, एम्बुलेन्स, आपतकालिन सेवामा खटिएका वाहनहरू र सरकारी अधिकारीहरूमा संयुक्त निर्देशकदेखि माथिका सरकारी वाहनहरूका लागि यो नियम लागू हुनेछैन भने उनीहरूले गृह विभागबाट कार्ड पाउनेछन्।
यसरी नै बिवाहको वाहन, शव लिएर गएका वाहनलाई पनि छुट दिएको छ। सरकारी छुट्टी जस्तै दोस्रो र चौथो शनिवार, आइतवारको दिन यो नियम लागू गरिने छैन्। पुलिस अधीक्षक लेप्चाले थप जानकारी गराए अनुसार, राज्य बाहिरबाट सिक्किम घुम्न आएका पर्यटकहरूलाई पनि यो नियम लागू गरिने छैन। उनीहरू सिक्किम घुम्न आएको हुनाले सरकार साथै पुलिस प्रशासनको पक्षबाट कुनै प्रकारको उनीहरूमाथि अन्याय नगरिने उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement