रेकर्ड मतले चुनाउ जित्ने इच्छा पुरा नभएकोमा भने दुःखी छुः आदित्य गोले

IMG-20241029-WA0317

सोरेङ: उप-चुनाउमा निर्विरोध बनेपछि पत्रकारहरूसँग कुराकानी गर्दै सोरेङ च्याखुङ समष्टिका एसकेएम उम्मेद्वार तथा पूर्व विधायक आदित्य गोलेले एकातिर खुशी व्यक्त गरेका छन् भने अर्कोतिर चुनाउ लड़ेर रेकर्ड जीत हासिल गर्ने लक्ष्य पूरा नभएकोमा दुःख पनि जताएका छन्। एकमात्र प्रतिपक्षी एसडीएफ-का उम्मेद्वार प्रेमबहादुर भण्डारीले नामङ्कन फिर्ता लिएपछि पत्रकारहरूसित कुराकानी गर्दै उनले गत अप्रेल महिनामा भएको ११औं विधानसभा चुनाउमा पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङले सोरेङ-च्याखुङ समष्टिबाट ल्याएको सर्वाधिक 10480 भन्दा अधिक मत ल्याएर नयाँ रेकर्ड बनाउने आफूहरूको योजना र लक्ष्य पूरा हुन नसकेकोमा आफू साथै आफ्ना समर्थकहरूलाई दुःख लागिरहेको उनले बताए। हामीले त यस लक्ष्यलाई अघि राखेर चुनाउ प्रचार पनि शुरु गरिसकेका थियौं, उनले भने।
पत्रकारहरूसँग कुराकानी गर्दै पूर्व विधायक आदित्य गोलेले यस उप-चुनाउमा एसकेएम पार्टीले विपक्षी सिटिजन एक्शन पार्टी, सिक्किमका उम्मेद्वारहरूको नामङ्कन रद्द गरायो भन्ने आरोपको ठाड़ो खण्डन गरे। उनको भनाइअनुसार यो उनीहरू (क्याप उम्मेद्वार) कै टेक्निकल फल्ट थियो। क्याप-का उम्मेद्वारहरूले आवश्यक दस्तावेज पूरा नगरेको उनले बताए। आज उनीहरूले एसकेएम पार्टीले उनीहरूका प्रपोजरहरूलाई किडन्याप गऱ्यो भन्ने आरोप लगाइरहेका छन्। यदि हामीले कसैलाई किड्न्याप गरेको हो भने उनीहरूका परिवारका सदस्यहरूले एफआइआर तथा जीडी गर्नुपर्ने थियो, उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement